डंकी : २ दिनमा बिक्यो डेढ लाखभन्दा बढी टिकट
नयाँ दिल्ली । शाहरुख खानको आगामी फिल्म डंकी प्रदर्शनको लागि तयार छ । फिल्म रिलिज हुन अब ३ दिन बाँकी छ । एड्भान्स बूकिङमा यो फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ ।
थ्री इडिएट्स, पीके र सञ्जू जस्ता ठूला फिल्म बनाइसकेका राजकुममार हिरानीको साथमा शाहरुख खानको यो पहिलो फिल्म हो । फिल्म निकै इमोशनल भएको टे«लरले देखाएको छ । फिल्ममा कमेडीको डोज पनि भरपुर छ । सफल निर्देशक र अभिनेताको जोडीलाई हेर्न दर्शकहरु तम्तयार भएर बसेका छन् ।
फिल्म मेकरहरुले शनिबार फिल्मको एड्भान्स बूकिङको आधिकारिक घोषणा गरेका थिए । भारतीय सञ्चार माध्यमहरुमा छापिएका खबरअनुसार नेशनल मल्टीप्लेक्स चेनमा फिल्मको ६६ हजार वटा टिकट बिक्री भइसकेको छ । समग्रमा चाँहि दुई दिनमा फिल्मको डेढ लाखभन्दा धेरै टिकट विक्री भएको सैकनिल्कले बताएको छ । एड्भान्स बूकिङबाट मात्रै फिल्मले ५ करोड भारुभन्दा धेरैको कलेक्शन गरिसकेको छ । एड्भान्स बूकिङको टे«न्ड हेर्दा डंकीले पहिलो दिनमा ३० देखि ३५ करोड भारुबीचको कमाई गर्ने देखिन्छ ।
डंकी यो वर्ष फिल्म हलमा आएको शाहरुखको तेस्रो फिल्म हुनेछ । पठान र जवान दुबैले पहिलो दिनमा ओपनिङको अल टाइम रेकर्ड बनाएका थिए । डंकीको ओपनिङ कलेक्शन पनि तगडा हुने आशा गरिएको छ । पठान र जवान एक्न फिल्म थिए । तर डंकी फ्यामिली फिल्म हो । यसमा एक्शन र मसाला त्यति धेरै छैन । डंकी रिलिज भएको भोलिपल्ट अर्थात् डिसेम्बर २२ मा दक्षिण भारतीय सुपरस्टार प्रभासको सालार पनि रिलिज हुँदैछ । यो फिल्मसँगको टकरावले फिल्मको कमाई प्रभावित हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण