प्रभासमाथि पैसा लगाउनबाट बच्दैछन् फिल्म निर्माताहरु, सलारले फेर्ला उनको भाग्य ?
हैदरावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिजको तयारीमा छ । पछिल्लो केही समयदेखि एकपछि अर्को गर्दै फिल्महरु फ्लप भएपछि फ्लपको बिल्ला हटाउन यति बेला उनलाई हिट फिल्मको आवश्यकता छ । प्रभासको फिल्म बक्स अफिसमा बलिउडका किंग खानको डंकीसँग भिड्दैछ ।
आफूमाथिको फ्लपको ट्याग हटाउन यतिबेला सालार हिट हुनु प्रभासका लागि अति जरुरी बनेको छ । बाहुबली रिलिज भएपछि प्रभासले प्यान इन्डियाभर नै आफ्नो राम्रो स्टारडम बनाएका थिए । उनीमाथिको अपेक्षा पनि निकै चुलियो । प्रभासको फिल्मप्रति दर्शकहरुको अपेक्षा पनि बढ्यो । तर बाहुबलीपछि उनका कुनै पनि फिल्म चलेन । दक्षिण भारतीय र बलिउडमै उनको फिल्म बक्स अफिसमा औसत रहे । हिन्दी भाषा बोलिने भेगमा रिलिज भएका राधेश्याम र आदिपुरुष त फ्लप नै भयो ।
एक पछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका प्रभासमाथि यति बेला मेकरहरु पैसा खन्याउनबाट बचिरहेका छन् । कयौं मेकर त सालारको रिलिजपछि प्रभासको करियरले कुन मोड लेला भनेर पनि कुरिरहेका छन् । तर यति बेला सालार हिट हुनुले उनको करियरको दिशा तय गर्ने दक्षिण भारतीय फिल्मका ट्रेड विश्लेषक रमेश बाला भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण