शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पिएम कप महिला क्रिकेट खेल्ने गण्डकीको टोली घोषणा

बुधबार, ०४ पुस २०८०, ०७ : १८
बुधबार, ०४ पुस २०८०

पोखरा । पिएम कप महिला राष्ट्रिय टि–२० क्रिकेटमा सहभागी हुने गण्डकीको टीम घोषणा भएको छ । गण्डकीको टीम कुसुम गोदारको कप्तानीमा मैदानमा उत्रने छ ।

टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

नेपाल क्रिकेट संघको आयोजनामा पुस ५ गतेदेखि काठमाडौंमा पिएम कप महिला क्रिकेट हुन लागेको हो । प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा विन्दु केसी र टेक्निकल एनालिष्टमा सोनयविक्रम तिवारी छन् ।

काठमाडौं प्रस्थान गर्ने टोलीलाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विदाइ गरेकी छिन् । उनले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप