ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग
बिहीबार, ०५ पुस २०८०, १६ : ४८
विराटनगर । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतलाई डेल ब्रान्डको कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनतालाई सहज सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको मण्डलले बताए ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, संस्थाको सामाजिक विकास शाखा प्रमुख विजयकुमार मण्डल, तालिम विभाग प्रमुख रञ्जना निरौलालगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण