बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषद‍्बाट स्वीकृत

बिहीबार, ०५ पुस २०८०, १७ : १३
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । मन्त्रिपरिषद्ले सरकारी कार्यालयका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बैठकपछि जानकारी दिइन् । उक्त प्रस्ताव मन्त्रिपरिषद्को सामाजिक समितिबाट पेस भएको थियो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख, को प्रयोजनको लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ र राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप