विदेशी सहयोगको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए ।
उनले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए । उनले देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए ।
घिमिरेले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए । सभामुख घिमिरेले विमानस्थलहरू बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण