११४ अंकको उत्साहप्रद वृद्धिसँगै ३० अर्बको कारोबार
काठमाडौँ । यो साता पनि सेयर बजारमा निकै उत्साहप्रद कारोबार भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उर्लिएको सेयर बजारमा अघिल्लो साता १४२ अंकमाथिको वृद्धि भएको थियो ।
थप यो साता ११४.५ अंकले वृद्धि हुँदै नेप्से सूचक २१०९.१० अंकमा उक्लिएको छ । १८ सयको पेरिफेरिमा घुमिरहेको नेप्से सूचक दुई सातामा नै करिब २५० अंकले बढ्नुले लगानीकर्ताहरू निकै उत्साहित छन् ।
उसो त नेप्से सूचकसँगै यो साता कारोबारमा समेत उच्चता आएको छ । साताको पाँचै कारोबार दिन खुलेको बजारमा ३० अर्ब ३६ करोड ७९ लाख ४२ हजार ३१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो पछिल्लो वर्षको हालसम्मकै उच्च कारोबार हो ।
पुस १ गते आइतबार खुलेको बजारमा पहिलो दिनमा नै २७.७५ अंकको वृद्धि हुँदै गर्दा ५ अर्ब १० करोड २७ लाखको कारोबार भएको थियो भने दोस्रो दिन ३८.१४ अंकले नेप्से सूचक बढेको बजारमा ६ अर्ब ७५ करोड ६० लाख रुपैयाँ, तेस्रो दिन ४५.९८ अंकले बढ्दा ५ अर्ब ४८ करोड ४ लाख रुपैयाँ र चौथो दिन ३५.९८ अंकले सूचक बढेको दिन उच्च ६ अर्ब ८८ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से सूचकमा ३२.७७ अङ्कको करेक्सन आउँदै ६ अर्ब १४ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मार्केट क्यापिटलाइजेशन झन्डै २ खर्बले बढ्यो
नेप्से सूचक र कारोबार बढेसँगै यो साता सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) झन्डै २ खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन १ खर्ब ९९ अर्ब ८१ करोड ३० लाख रुपैयाँले बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७० लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन मङ्सिर २८ गतेसम्ममा यस्तो मार्केट क्यापिटलाइजेशन ३० खर्ब ७६ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कायम भएको थियो । समग्रमा यो साता लगानीकर्ताहरूले झन्डै २ खर्ब रुपैयाँ कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकार : विधि एकातिर, स्टन्टको भारी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण