कांग्रेसको बागमती प्रदेश सम्मेलन शनिवार
काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन पुस ७ गते हुँदैछ । सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा शनिवार बिहान उद्घाटन हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बागमती कांग्रेसले जनाएको छ ।
पहिलोपटक हुन लागेको प्रदेश सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न र थप जबाफदेही बनाउने विषयमा छलफल हुने बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ । सम्मेलनमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनहरू प्रस्तुत हुने र छलफल गरी पारित हुने प्रवक्ता रुवालीले जनाएका छन् ।
प्रथम प्रदेश सम्मेलनमार्फत प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न र थप जबाफदेही बनाउँदै लैजाने विषयमा आवश्यक छलफल गर्ने कांग्रेसले जनाएको छ । साथै पार्टी भित्रको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त दुरुस्त र थप समावेशी बनाउने विषयमा समेत छलफल केन्द्रित हुने छ । सम्मेलनमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनहरू प्रस्तुत गर्नुका साथै पारित गर्ने कांग्रेसले जनाएको छ ।
सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधिहरू तथा प्रदेश भित्रका कांग्रेसबाट निर्वाचित सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिका /उपमहानगरपालिका /नगरपालिकाका प्रमुख /उपप्रमुख ज्यूहरू तथा ११९ वटा पालिका सभापतिहरू सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण