सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अल्बानियाकी द्रिताले जितिन् ‘मिस अर्थ २०२३’ को ताज

शनिबार, ०७ पुस २०८०, १२ : ०८
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् । शुक्रवार भियतनामको होचिमिन्ह सहरमा सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अल्बानियाले यो प्रतियोगिता पहिलो पटक जितेको हो ।

प्रतियोगितामा फिलिपिन्सकी एलना अदुआना फस्ट रनर अप र ‘मिस अर्थ एयर’ घोषित हुँदा भियतनामकी दोथी लाना सेकेन्ड रनर अप बन्दै ‘मिस अर्थ वाटर’ बन्न सफल रहिन् । प्रतियोगितामा थर्ड रनर अप  र ‘मिस अर्थ फायर’ को उपाधि भने थाइल्यान्डकी कोरा ब्लिअल्टले हात पारिन् ।

यो वर्ष प्रतियोगितामा ८५ देशको सहभागिता रहेको थियो । यो पटकको प्रतियोगितामा बार्बाडियन गायक शोन्टेल, भियतनामी गायक जेकी, मोनो र सारा लुउले प्रस्तुति दिएका थिए । नेपालबाट सहभागी ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ अन्तिम २० मा पनि पुग्न सकिनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप