अल्बानियाकी द्रिताले जितिन् ‘मिस अर्थ २०२३’ को ताज
शनिबार, ०७ पुस २०८०, १२ : ०८
काठमाडौँ । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् । शुक्रवार भियतनामको होचिमिन्ह सहरमा सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अल्बानियाले यो प्रतियोगिता पहिलो पटक जितेको हो ।
प्रतियोगितामा फिलिपिन्सकी एलना अदुआना फस्ट रनर अप र ‘मिस अर्थ एयर’ घोषित हुँदा भियतनामकी दोथी लाना सेकेन्ड रनर अप बन्दै ‘मिस अर्थ वाटर’ बन्न सफल रहिन् । प्रतियोगितामा थर्ड रनर अप र ‘मिस अर्थ फायर’ को उपाधि भने थाइल्यान्डकी कोरा ब्लिअल्टले हात पारिन् ।
यो वर्ष प्रतियोगितामा ८५ देशको सहभागिता रहेको थियो । यो पटकको प्रतियोगितामा बार्बाडियन गायक शोन्टेल, भियतनामी गायक जेकी, मोनो र सारा लुउले प्रस्तुति दिएका थिए । नेपालबाट सहभागी ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ अन्तिम २० मा पनि पुग्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण