शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भूको जंगलमा एक जना मृत फेला

शनिबार, ०७ पुस २०८०, १७ : ४३
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । काठमाडौँमा एक जना पुरुष मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू भगवानपाउस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । 

त्यस्तै मकवानपुरको बकैया गाउँपालिका-२ सरस्वती सामुदायिक वन वतासेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप