एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक स्थगित
काठमाडौँ । विधान संशोधनबारे नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीमा खुला छलफल गर्ने भएको छ । यसअघि विधान संशोधनका लागि सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा छलफल गरेर केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी गरेको सो पार्टीले स्थायी कमिटी र पोलिटब्युरो बैठक नै स्थगित गरेर केन्द्रीय कमिटीमा छलफल गर्न लागेको हो ।
शनिबार बसेको सो पार्टीको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्दै सोही कमिटीमा छलफल गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले पार्टीको विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन प्रस्तावमाथि सचिवालयमा आएका सुझाव तथा संसोधनहरुसमेत समावेश गरेर पुस ११, १२ र १३ गते बस्ने केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनले यसअघि स्थायी कमिटी र पोलिटब्युरो बैठकमा विधान संशोधनबारे छलफल गर्ने हुँदा केन्द्रीय कमिटी २ दिनलाई मात्र राखिएकोमा त्यो स्थगित भएपछि केन्द्रीय कमिटी बैठकको समय बढाएर तीन दिन पारिएको बताए ।
‘पहिला केन्द्रीय कमिटी पुस ११ र १२ मात्र भनिएको थियो । अहिले एक दिन थपेर १३ सम्म बस्ने निर्णय भएको छ’, खतिवडाको भनाइ छ ।
समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका सङ्गठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वमा समिति गठन गरेको थियो । भुसाल नेतृत्वको समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेस गर्ने तयारी छ ।
यसअघि पुस ९ र १० गते क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्ने तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण