सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
आइतबार, ०८ पुस २०८०, १० : ५८
काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ८०० रुपैयाँ थियो । जुन, आज आइतबार १०० रुपैयाँले बढेसँगै १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ रहेकोमा आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार १४ सय ८५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण