कोशी प्रदेशमा दुई जना मृत अवस्थामा फेला
आइतबार, ०८ पुस २०८०, १२ : ४३
मोरङ । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका–५ कोचाखाल चोक डेरा गरी बस्ने भोजपुर नगरपालिका–७ पोखरे लाइन घर भएका ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण