२९ डिसेम्बरबाट ओटिटिमा ‘१२ वीं फेल’
मुम्बई । थोरै बजेटमा बनेर पनि राम्रो चर्चा र व्यवसाय गरेको फिल्म ‘१२ वीं फेल’ अब ओटीटीमा रिलिज हुने भएको छ । विधु विनोद चोपडाद्धारा निर्देशित फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शक तथा समीक्षक दुवैको मन जितेको थियो । फिल्मको कथा र कलाकारको अभिनयले समेत तारिफ पायो ।
ठुलोपर्दाको व्यावसायिक सफलतापछि फिल्म अव भने ओटिटिमा आउन लागेको हो । गत अक्टुवरमा रिलिज फिल्म २०१९ मा आएको पुस्तक १२ वी फेल उपन्यासमा आधारित हो । किताबलाई अनुराग पाठकले लेखेको थिए । पुस्तक आइपीएस अधिकारी मनोज कुमार शर्मा र आईआरएस अधिकारी श्रद्धा जोशीको जीवनमा आधारित छ ।
फिल्ममा विक्रान्त मासे, मेधा शंकर, अनन्त वी जोशी, अशुंमान पुस्कार लगायतको अभिनय छ । फिल्म स्ट्रीमिङ्ग डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको हो । ओटिटीमा २९ डिसेम्बर रिलिज हुनेछ । हटस्टारले फिल्मको ट्रेलर शेयर गर्दै २०२४को सुरुवात भन्दा पहिले यो फिल्म हेर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण