कर्णाली प्रदेशको अब आफ्नै क्रिकेट मैदान
सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशले खेलकुदको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ । प्रदेश स्थापनासँगै खेलकुद क्षेत्रमा नयाँ आयाम थप्नुका साथै पूर्वाधारका क्षेत्रमा पनि फड्को मारिरहेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा गौरवको आयोजनाका रुपमा रंगशाला निर्माणको काम भइरहँदा अब कर्णालीको आफ्नै क्रिकेट मैदान बन्ने भएको छ । वीरेन्द्रनगरस्थित कालिन्चोकमा क्रिकेट मैदानको पुस दुई गते शिलान्यास गरिएको छ । उक्त मैदान अबको चार महिना अर्थात चैत्र महिनामा सम्पन्न भइसक्ने छ । सोही अनुसार यतिबेला काम धमाधम भइरहेको छ ।
९८ लाख लागत रहेको उक्त क्रिकेट मैदान निर्माणका लागि ठेकेदार कम्पनीले ७३ लाख १८ हजार ३३७ रुपैयाँमा सम्झौता पाएको छ । ठेकेदार कम्पनी केपी डीडी कन्ट्रक्सनले समयमै निर्माण कार्य सम्पन्न गरिने बताएको छ । कर्णालीमा बन्ने यो क्रिकेट रंगशाला पहिलो हो ।
चैत्र ३० मा क्रिकेट मैदान निर्माण गरिसक्ने र ०८१ मंसिरमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि उक्त मैदानले थप टेवा पुग्ने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीले क्रिकेट पिज, माटो काटी अर्धनाली निर्माणको काम र लेबल मिलाइने कार्यदेखि क्रिकेट मैदानमा दुबो लगाउने काम समेत गर्नुपर्ने छ ।
साथै ल्यान्ड स्क्यापिङ गरी हरियाली समेत गर्नुपर्ने छ । काम द्रुत गतिमा गराउनका लागि प्रदेश सरकारले निश्चित अवधि समेत तोकिदिएको छ । पुस महिनाभर तिन लेनको क्रिकेट पिच बनाइसक्नुपर्ने छ भने माघ, फागुनसम्म अर्धनाली माटो कटिङ र लेबल तथा क्रिकेट मैदानमा दुबो लगाउने कार्य सम्पन्न गरिसक्नुपर्ने छ । चैत्र महिनाभर ल्यान्ड स्क्यापिङ गरी हरियाली बनाई हस्तान्तरण गर्नुपर्ने कुरा सम्झौतामै उल्लेख गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले कर्णालीले खेल क्षेत्रमा फड्को मार्दै गइरहेको बताए । उनका अनुसार प्रादेशिक रंगशाला निर्माणको काम पनि समयमै सकिने छ । सोही गतिमा काम धमाधम भइरहेको उनले बताए ।
मुख्यमन्त्री राजकुमार शर्माले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिएकाले क्रिकेट मैदान लक्ष्य अनुसार नै सम्पन्न गर्न निर्देशन दिए । ‘कर्णालीको खेलकुद क्षेत्र बिस्तारै माथि उठिरहेको छ, अब कर्णालीका उच्च हिमाली र पहाडी क्षेत्रमा पनि खेल पूर्वादारहरू बनाउँछौँ,’ शर्मा भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण