पुस १६ गतेबाट सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने
बुटवल । सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न थालिएपछि पुस १६ गतेबाट दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।
सुरुङ मार्ग निर्माण गर्नुपर्ने भएकोले पुस १६ गतेबाट राजमार्ग दैनिक ६ घण्टा बन्द गर्न थालिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ । तर अत्यावश्यक सवारी साधनलाई भने कुनै रोक नलगाइएको काफ्लेले बताए । सो सडक खण्डमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निर्माणको काम गरिरहेको छ ।
_19GGgJlnxD.jpg)
सुरुङ निर्माणको काम गर्दा यातायात सञ्चालन गर्दा जोखिम हुने भएकाले राति सडक बन्द गरेर काम गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीकाे कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुनेबारे सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
बैठकले सम्बन्धित नियामक निकाय, यातायात सेवा कम्पनी र राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण