पोलार्ड इंग्ल्याण्डको सहायक प्रशिक्षक नियुक्त
लण्डन । केरन पोलार्ड वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुन गइरहेको पुरुष टी–२० विश्वकपका लागि इंग्ल्याण्डको सहायक प्रशिक्षक नियुक्त भएका छन् । स्थानीय अवस्थाबारे ज्ञान दिनका लागि उनलाई नियुक्त गरिएको ईएसपीएन क्रिकइन्फोले जानकारी दिएको हो । टी–२० विश्वकप आगामी जुन ४ देखि ३० सम्म आयोजना हुँदैछ ।
पोलार्डले वेस्ट इन्डिजका लागि १०१ टी–२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन् । उनी सन् २०१२ को टी–२० विश्वकप विजेता टोलीका सदस्य रहेका थिए । सन् २०२१ को संस्करणमा उनी वेस्ट इन्डिजको टोलीको कप्तानसमेत रहेका थिए । उनले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि फ्रेन्चाइजी क्रिकेटमा सक्रिय रहेका छन् ।
पोलार्डको कप्तानीमा हालै न्युयोर्क स्ट्राइकर्सले अबुधाबी टी–१० लिग जितेको थियो भने ट्रिनबागो नाइट राइडर्स सीपीएलको फाइनलमा पुगेको थियो । उनी आईपीएलमा मुम्बईको ब्याटिङ प्रशिक्षक पनि रहेका छन् ।
इंग्ल्याण्ड टी–२० विश्वकपको साबिक विजेता हो । तर, टोलीले हालै भारतमा सम्पन्न एकदिवसीयमा विश्वकपमा खराब प्रदर्शन गरेको थियो । आफ्ना ९ मध्ये ६ खेलमा पराजित भएको इंग्ल्याण्ड बल्लतल्ल च्याम्पियन्स ट्रफीमा छनोट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण