सालारले ३ दिनमा विश्वभर कमायो ४०० करोड
नयाँ दिल्ली । प्यान इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो । यसअघि बाहुबली–२ र ट्रिपल आरले यो रेकर्ड बनाएका थिए । शुक्रबार पहिलो दिनको कारोबारमा सालारको वल्र्डवाइड कलेक्शन १७८ करोड ७० लाख भारु थियो । दोस्रो र तेस्रो दिनको कमाई क्रमशः ११७ करोड र १०४ करोड ३० लाख भारु रहेको छ ।
घरेलु बक्स अफिसमा २०० करोड
इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार भारतीय बक्स अफिसमा तेस्रो दिनमा फिल्मले ६१ करोड भारु कमाएको छ । यसको साथमा भारतको कुल कलेक्शन २०८ करोड पुगेको छ । आइतबार फिल्मको हिन्दी भर्जनको अक्युपेन्सी ४८ दशमलव २७ प्रतिशत थियो । उत्तर अमेरिकामा भने सलारको कमाई ५१ लाख डलर पुगेको छ ।
सालार यो वर्षको सबैभन्दा ठूलो ओपनिङसहितको फिल्म बनेको छ । पहिलो दिन फिल्मको कुल कमाई १७८ करोड ७ लाख भारु रहेको थियो । इन्डियन बक्स अफिसमा यसको कमाई ९० करोड ७० लाख भारु रह्यो ।
डंकी पनि सय करोड क्लबमा पुग्यो
शाहरुख खानको फिल्म डंकीले भने चौथो दिन भारतभरमा ३१ करोड ५० लाख भारु कमाएको छ । यसको साथमा घरेलु बक्स अफिसमा फिल्मको कूल कमाई १०६ करोड ४३ लाख भारु भएको छ । डंकी सालारभन्दा एक दिनअघि डिसेम्बर २१ मा रिलिज भएको थियो । डंकीको वल्र्डवाइड कलेक्शन भने २१५ करोड पुगेको छ । चौथो दिनमा फिल्मको वल्र्डवाइड कलेक्शन ५७ करोड ७८ लाख भारु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण