जिप दुर्घटनामा चालकसहित ५ जना घाइते
मङ्गलबार, १० पुस २०८०, ०९ : ३७
तनहुँ । तनहुँमा भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । मंगलबार बिहान आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
आबुखैरेनी तर्फबाट मुग्लीङ तर्फ जाँदै गरेको सो जिपमा सवार घाइतेहरुलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी र नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमा जिप चालक कैलालीका दयाराम रानासहित यात्रुहरु सुर्खेतका थानेश्वर भट्टराई, निबस खत्री, दार्चुलाका राकेश भट्ट र कैलालीका खगेन्द्रराज पनेरु रहेका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पतालका साथै १ जनाको भरतपुरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण