सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटनामा चालकसहित ५ जना घाइते

मङ्गलबार, १० पुस २०८०, ०९ : ३७
मङ्गलबार, १० पुस २०८०

तनहुँ । तनहुँमा भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । मंगलबार बिहान आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । 

आबुखैरेनी तर्फबाट मुग्लीङ तर्फ जाँदै गरेको सो जिपमा सवार घाइतेहरुलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी र नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घाइतेमा जिप चालक कैलालीका दयाराम रानासहित यात्रुहरु  सुर्खेतका थानेश्वर भट्टराई, निबस खत्री, दार्चुलाका राकेश भट्ट र कैलालीका खगेन्द्रराज पनेरु रहेका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पतालका साथै १ जनाको भरतपुरमा उपचार भइरहेको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप