डोटीमा १० करोडको लागतमा बन्यो प्रहरी कार्यालय भवन
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले परिस्थिति र परिणामको अध्ययन तथा विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गर्नुपर्ने बताका छन् । त्यसका लागि प्रहरी जनशक्ति हरदम तयारी अवस्थामा रहनु पर्ने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायहरूसँगको सहकार्यमा जन अपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजगता फैलाउने तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उनले माहतका प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।
उक्त कार्यक्रममा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ८ लाख ६३ हजार ४ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण