शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी वर्ष विश्वभर मुख्य खाद्यान्नको आपूर्ति कसिलो हुने

मङ्गलबार, १० पुस २०८०, १८ : ०४
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । हालैका वर्षमा खाद्यान्नको उच्च मूल्यका कारण विश्वभर नै किसानहरुले पहिलाका भन्दा धेरै अन्न र तेलहन खेती गर्न थालेका थिए । तर पनि उपभोक्ताहरुले भने आगामी वर्षसमेत कसिलो आपूर्तिको सामना गर्ने देखिएको छ । एल निनोका कारण उत्पन्न प्रतिकूल मौसमी अवस्था, निर्यातमा प्रतिबन्ध आदिका कारण विश्वभर आगामी वर्ष पनि मुख्य खाद्यान्नको आपूर्ति कसिलो हुने देखिएको छ ।

कयौँ वर्षयता विश्वमा गहुँ, मकै र भट्मासको मूल्य बढेको थियो । तर सन् २०२३ मा कृष्ण सागर भएर हुने निर्यातमा सुधार आयो र विश्व अर्थतन्त्र मन्दीमा जाने भए आदिका कारण यो वर्ष केही अन्नको मूल्य अवस्था उल्टो पनि देखिएको छ । तर नयाँ वर्षमा खाद्यान्नको मूल्यका कारण आपूर्ति झट्का हुने र खाद्य मुद्रास्फीतिको स्थिति उत्पन्न हुने विश्लेषक र व्यापारीहरुले बताइरहेका छन् ।

यो वर्ष अन्नको आपूर्ति परिदृश्यमा सुधार देखिएको थियो । केही क्षेत्रमा मुख्य अन्नको उत्पादनमा निकै सुधार देखिएको भएपनि स्थिति अहिले पनि सामान्य भइनसकेको सिड्नीस्थित आईकोन कमोडिटिजमा कृषि बोकरेजका लागि एड्भाइजरी सेवाका निर्देशक ओल होउले भनेका छन् । अप्रिल–मेसम्म एल निनोको स्थिति थियो । ब्राजिलमा मकै उत्पादन कम हुने देखिएको छ । चीनले पनि विश्व बजारबाट धेरै परिमाणमा मकै र गहुँ किनेर व्यापारीहरुलाई छक्क पारिरहेको छ ।

सन् २०२४ को आर्धवार्षिक अवधिसम्म एल निनोको प्रभाव रहिरहने प्रक्षेपण गरिएको छ । यसले विश्वको केही ठूलो कृषि उपज निर्यातकर्ता देशहरुमा चामल, गहुँ, पाम आयल र अन्य कृषिजन्य सामाग्रीको आपूर्तिमा जोखिम उत्पन्न गराएको छ ।  समीक्षा अवधिमा सुख्खाको कारण एशियाको धान उत्पादन घट्ने व्यापारी र अधिकारीहरुले चेतावनी दिइरहेका छन् । एल निनोका कारण भारतमा धान खेती कम हुँदा यो वर्ष चामलको आपूर्ति कसिलो भइसकेको छ । स्थानीय स्तरमा आपूर्ति सहज बनाउन भारतले चामलको निर्यातमा नै बन्देज लगाएको थियो ।

अन्य अन्नको मूल्य घटिरहँदा चामलको भाउ भने बढेर यो वर्ष १५ वर्षकै उच्च स्तरमा उक्लिएको छ । केही एशियाली निर्यात बजारमा चामको भाउ ४० देखि ४५  प्रतिशतसम्म बढेको छ । आद्र्रताको अभावका कारण भारतमा गहुँ बाली खतरामा परेको छ । सुख्खाका कारण दोस्रो ठूलो गहुँ निर्यातकर्ता अष्ट्रेलियाले पनि गहुँ बाली घटाएको छ । गएको सिजनको तुलनमा चालु बाली वर्षमा गहुँको आपूर्तिको अवस्था खस्किन सक्ने कमर्ज बैंकले एउटा नोटमा भनेको छ । एल निनोका कारण आगामी वर्ष पाम आयलको उत्पादन घट्ने र तेलको भाउमा यो वर्ष देखिएको १० प्रतिशतको कमी उल्टिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप