‘सलार’ले तोड्न सकेन ‘एनिमल’को रेकर्ड
मङ्गलबार, १० पुस २०८०, १८ : २९
मुम्बई । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सलार’प्रति दर्शकको क्रेज कम भएको छैन । रिलिजको दिन देखिनै फिल्मले राम्रो आम्दानी गरिरहेको छ ।
फिल्मले चौथो दिन अर्थात सोमबार ४२ करोड ५० लाखको ब्यवसाय गरेको छ । यसको साथै फिल्मको भारतीय बक्सअफिस कलेक्सन २५१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
‘सलार’ले रिलिजको फष्ट सोमबार कलेक्सन एनिमलाई उछिन्ने अपेक्षा गरिएको थियो । क्रिसमस भएको कारण पनि यो अपेक्षा गरिएको हो । तर ‘सलार’ले पहिलो सोमबार ४२.५० करोड कमाएर एनिमल भन्दा पछि नै रह्यो । रणवीरको फिल्म एनिमलले पहिलो सोमबार ४३.९६ करोड कमाएका थियो ।
‘सलार’ले नर्थ अमेरिकामा अहिलेसम्म ६.४ मिलियन डलर कमाएको छ । फिल्मको अहिलेसम्मको कलेक्सन ४५० करोड भन्दा बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण