एकीकृत समाजवादीको बैठक : विधान संशोधनबारे ११ प्रश्न, उमेर हद राख्ने कि नराख्ने ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक बुधवार (आज) बाट सुरु हुँदै छ । ललितपुरको एक पार्टी प्यालेसमा बस्ने बैठकमा खास गरी विधान संशोधनबारे छलफल हुनेछ ।
यसअघि विधान संशोधनका लागि गठित तीन सदस्यीय मस्यौदा कमिटीले तयार पारेको मस्यौदामाथि छलफल र केन्द्रीय सदस्यका सुझावहरूलाई समेत समेटेर विधान संशोधन गर्न एकीकृत मस्यौदा तयार गर्ने र आगामी माघमा हुने विधान सम्मेलनमार्फत पारित गर्ने समाजवादीको तयारी छ ।
त्यसका लागि केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूलाई ११ वटा प्रश्न सोध्ने तयारी रहेको छ । केन्द्रीय कमिटीका सदस्यहरूलाई सोध्न तयार पारिएका प्रश्नमा महाधिवेशन वा अधिवेशनहरूका प्रतिनिधि चयनको प्रक्रियालाई प्राथमिकतामा राखिएको छ । जसमा दुई वटा विकल्पसहित जवाफ दिन केन्द्रीय सदस्यहरूलाई भनिएको छ ।
प्रतिनिधि चयनका सवालमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय र मातहत कमिटीका सदस्यहरू स्वतः प्रतिनिधि हुने र बाँकी प्रतिनिधि निर्वाचित भएर आउने वा सबै कमिटीका सदस्यहरू तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर महाधिवेशन वा अधिवेशनमा सहभागी बन्ने भन्ने विकल्प प्रस्तावका रूपमा अघि सारिएको छ ।
त्यस्तै केन्द्रीय सङ्गठनात्मक संरचना, केन्द्रीय परिषद्, कमिटीहरू कति सङ्ख्या, कमिटीमा कति तहका संरचना राख्ने, पदाधिकारीको सङ्ख्या र उमेर हद राख्ने कि नराख्ने जस्ता प्रश्नावली राखिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकमा उमेर हदबारे छलफल हुँदा नराख्नेमा नेताहरूको बहुमत भएको थियो । सो पार्टीले माघमा विधान सम्मेलन गर्दैछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण