गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय
तम्घास । गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।
जिल्लामा कम्पनीको शाखा कार्यालय स्थापनाका लागि उक्त नगरपालिकाले गत असारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा मङ्सिरदेखि कार्यालय स्थापना गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
उक्त कार्यालयले नागरिकलाई खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, रैथाने बाली प्रवद्र्धन एवं बजार सुनिश्चितता गर्ने, खाद्यान्न आपूर्ति गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिनेलगायत काम गर्ने कार्यालय प्रमुख पुष्पा पाण्डेले बताइन् । सदरमुकाममा कम्पनीको कार्यालय स्थापना भएपछि चार पालिकामा कम्पनीको खरिद तथा बिक्री केन्द्र अर्थात् डिपो पनि सञ्चालनमा ल्याइएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खबाङ्ग एवं रेसुङ्गा नगरपालिकाको हाटबजारमा डिपो सञ्चालन गरिएको हो । छत्रकोट गाउँपालिकाको दौघामा पनि डिपो सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । जिल्लामा कम्पनी एवं डिपोबाट बजार मूल्यभन्दा कम मूल्यमा उपभोक्ताले दैनिक उपभोग्य सामग्री प्राप्त गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण