आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एकै पटकमा १० वटा ब्रसले चित्र बनाउने कलाकार

बुधबार, ११ पुस २०८०, १४ : ३०
बुधबार, ११ पुस २०८०

बेलारुस । सर्ज फिलिञ्जर बेलारुसी चित्रकार हुन् । आफैँ चित्र बनाउन सिकेका फिलिञ्जरले एकै पटकमा १० वटा ब्रसले पेन्टिङ गर्न सक्छन् । आफ्ना हातका १० वटै औँलामा ब्रसलाई बाँधेर उनी चित्र बनाउँछन् । धेरैजसो मान्छेलाई एउटै बसले चित्र बनाउन सकस हुन्छ । तर एकै पटकमा १० वटा ब्रसले चित्र बनाएको कल्पना गर्न भर्चुअली नै असम्भव छ । झट्ट सुन्दा अचम्म लाग्छ नि है ?

तर एक जना मान्छे छन्, जसले १० वर्षदेखि यस्तैगरी चित्र बनाइरहेका छन् । फिलिञ्जर सुरुमा दायाँ हातका तीन औँलामा ब्रस टाँसेर चित्र बनाउँथे । यसमा बानी बस्दै गएपछि बायाँ हातका दुई ओटामा औँलामा दुई ओटा ब्रस टाँसेर चित्र बनाउने अभ्यास गर्न थाले । तर पछि चाँहि हातका सबै औँलामा नै ब्रस टाँसेर चित्र बनाउन थाले । गर्दै जाँदा यसरी चित्र बनाउनु उनलाई ‘कूल’ र झन् सहज हुन थाल्यो ।

यो तरिकाले चित्र बनाउने तकनिकीले एउटै ब्रस बनाएर काम गर्दाको भन्दा फरक तरिकाले काम गर्न आफ्नो मस्तिष्कलाई चुनौती दिएको दाबी फिलिञ्जरको छ । धेरैओटा ब्रस प्रयोग गर्नु अघि उनले परम्परागत आयल पेन्टिङ पद्धतिमा हात बसालेका थिए । पछिल्ला केही वर्षहरुमा फिलिञ्जरले जर्मनी, इटली र पोल्यान्डमा आफ्नो चित्रकारिता तकनिकी प्रदर्शन गरेका छन् । केही मान्छेले २ वटा हातले एकै चोटी चित्र बनाएको त इन्टरनेटमा यदाकदा देखिएको हो । तर १० वटै औँलामा ब्रस टाँसेर पेन्टिङ गरेको चाँहि यो पहिलो पटक भएको भन्दै इन्टरनेटमा प्रतिक्रियाहरु आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप