धोकाधडी मामिलामा रजनीकान्तको श्रीमती फसेपछि...
हैदरावाद । तमिल सुपरस्टार रजनीकान्त सधैँ फिल्मका कारण चर्चामा रहन्छन् । तर यस पटक भने उनको चर्चा पत्नीको कारण भइरहेको छ ।
रजनीकान्तको पत्नी लता रजनीकान्तलाई तमिल फिल्म ‘कोचादाइया’मा धोकाधडी मामिलामा बैंगलुरुको अदालतले जमानत दिएको थियो । लता आफूमाथिको आरोप अस्वीकार गर्दै सेलिब्रेटी भएकै कारण यस्तो मूल्य चुकाउन परेको दाबी गरेकी छिन् ।
‘मेरो लागि यो लोकप्रिय व्यक्तिको अपमान, उत्पीडन र शोषणको मामिला हो । यो यस्तो मूल्य हो जुन हामी सेलिब्रेटी भएकै कारण चुकाउँछौं । मामिला धेरै ठूलो नभएपनि खबर धेरै ठूलो बनिदिन्छ । कुनै धोकाघडी भएको छैन । यो मात्रै हामीहरुको छवि बिगार्ने एउटा षडयन्त्र हो,’ लताले भनेकी छिन् ।
के थियो मामिला ?
चेन्नईस्थित एड ब्यूरो एड्भरटाइजिङ प्रा. लि.ले सन् २०१४ मा फिल्मको अधिकारको विषयमा लताविरुद्ध उजुरी दर्ता गराएको थियो । फिल्मको निर्मातामध्ये एक मिडिया वनलाई आफूले १० करोड भारु उधारो दिएको अनि सोको प्रत्याभूतिकर्ताको रूपमा लताले हस्ताक्षर गरेको आरोप शिकायतकर्ताको थियो । तर लताले भने जुन पैसाको मामिलामा आफ्नो नाम मुछिएको हो उसमा आफ्नो कुनै लेनदेन नभएको अनि यो मिडिया वन र सम्बन्धित मान्छेहरुबीचको कुरा भएको बताएकी थिइन् ।
उनीहरुबिच पहिला नै सम्झौता भइसकेको र आफूलाई फसाइएको उनको भनाइ छ । खबरहरुका अनुसार मंगलबार एक अतिरिक्त मुख्य मेट्रोपोलिटन मजिष्ट्रेट अदालतले लतालाई एक लाखको निजी बन्ड र २५ हजार नगद जम्मा गरेपछि जमानत दिएको थियो । अक्टोबरमा सर्वोच्च अदालतले यस मामिलामा लता रजनीकान्त विरुद्धको आरोप पुनःबहाल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण