क्रिष्टल प्यालेसविरुद्ध चेल्सीको कठिन जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ । एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो ।
मिखेलो मुडरेकले १३ औँ मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा ाक्रिष्टलले बराबरी गरेको थियो ।
जाडोर्न अवेइको पासमा मिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५ औँ मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा भारको सहायताले पेनाल्टी दिइएको थियो ।
८९ औँ मिनेटमा चुकुवुनोन्सो ट्रिस्टनमडुकेले गोल गर्दै अन्ततः चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अङ्कका साथ दशौं स्थानमा रहेको छ । पराजित भएको क्रिष्टल भने १८ अङ्कका साथ १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण