शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अजल काजीद्वारा राष्ट्रिय कीर्तिमान कायम

बिहीबार, १२ पुस २०८०, ०९ : ३२
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औँ राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । 

अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा सैयद हम्जा शाहले छोटो दुरी (२५ मिटर पुल)मा नेपालमा आयोजना भएको १३ औँ सागमा कायम गरेको २६.५६ सेकेन्डको समयलाई विस्थापित गर्दै २५.७७ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन् । प्रतियोगिता २५ मिटर बातानुकुलित पौडी पोखरीमा सञ्चालन भएको हो ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा अजलले २५.९२ सेकेन्ड समयका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङले रजत र इरभिन श्रेष्ठले कांस्य हात पारे ।

सातदोवाटोस्थित बातानुकुलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कांस्य पाइन् ।

पुरुषको १०० मिटर बटरफ्लाईमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङले १ मिनट ००.५३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य पाए ।

महिला ५० मिटर बे्रष्ट स्ट्रोकमा अदिप्सा वैद्यले ३६.५१ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कांस्य पाइन् ।

पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड समयका साथ दुरी पुरा गर्दै स्वर्ण जिते । इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कांस्य पाए ।

महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्ड समयका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमशः रजत र कांस्य पाए ।

महिला १०० मिटर ब्रेष्ट स्ट्रोकमा अदिप्सा वैद्यले १ मिनट २०.१४ सेकेन्ड समयका साथ स्वर्ण पाइन् । निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कांस्य पाए ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्ड समयका साथ स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कांस्य पाए ।

५० मिटर फ्रिस्टायलको महिला तर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९.४५ सेकेन्ड समयका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङले कांस्य पाए ।  ५१ पदकका लागि १४९ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप