अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख विजयकान्तको कोभिडका कारण मृत्यु
चेन्नई । भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनी स्वस्थ भएको अनि परीक्षणपछि घर फर्किएको पनि पार्टीले नै बताएको थियो । तर आज पार्टीले उनको कोभिडको परीक्षण सकारात्मक आएको अनि सास फेर्न समस्या भएपछि भेन्टिलेटर सर्पोटमा राखिएको बतायो । मेडिकल स्टाफहरुले सर्वोत्तम प्रयास गर्दागर्दै पनि डिसेम्बर २५ को बिहान उनको निधन भएको विजयकान्त भर्ना भएर उपचार गराइरहेका एमआईओटी अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै भनेको छ ।
विजयकान्त नोभेम्बर २० मा अस्पतालमा भर्ना भएका थिए । उनी यही महिना अस्पतालबाट डिस्चार्ज भएका थिए । विजयकान्तले आफ्नो फिल्मी करियरमा १५४ ओटा फिल्ममा काम गरेका थिए । उनले कयौँ हिट फिल्म दिएका थिए । फिल्म पछि उनी राजनीतिमा आए अनि डीएमडीके पार्टी खोले । विरुधाचलम र ऋतिवंडियम निर्वाचन क्षेत्रबाट उनी दुई पटक विधान सभाको सांसद पनि भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण