लुम्बिनी प्रदेशको औद्योगिक उत्पादन घट्यो, अत्यावश्यक औषधिको उत्पादनमा समेत ह्रास
काठमाडौँ । लुम्बिनी प्रदेशको औद्योगिक उत्पादनमा ह्रास आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशका नमुना छनौटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५०.८२ प्रतिशत मात्र रहेको बैंकले जनाएको हो ।
गत वर्षको सोही अवधिमा समग्र प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा कागज, रोजिन, मदिरा र चामलको उत्पादनमा क्रमशः ३२.१४ प्रतिशत, २७.१६ प्रतिशत, २५.६२ प्रतिशत, १०.०५ प्रतिशत र ४.१६ प्रतिशतले वृद्धि भएको छ । तर, सो वर्ष पूर्वाधार निर्माणमा आएको शिथिलताका कारण कङ्क्रिट र सिमेन्टको उत्पादनतर्फ भने क्रमशः २२.५८ प्रतिशत र १.७० प्रतिशतले ह्रास आएको बैंकले जनाएको छ । समीक्षा वर्षमा आल्मुनियम, बिजुलीको तार÷केबुलको उत्पादनमा क्रमशः २९.४२ प्रतिशत र ३४.४८ प्रतिशतले ह्रास भएको छ ।
यसैगरी यस वर्ष गहुँको पिठो र चाउचाउको उत्पादनमा क्रमशः २१.३६ प्रतिशत र ११.३५ प्रतिशतले ह्रास भएको छ । औषधीको उत्पादन तर्फ ड्राइ स्यारोप, लिक्यूड र क्याप्सुलको उत्पादनमा क्रमशः २९.६९ प्रतिशत, १९.७४ प्रतिशत, ८.९३ प्रतिशत र ६.०६ प्रतिशतले ह्रास आएको बैंकको तथ्याङ्कले देखाएको छ ।
यद्यपि, समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २६ अर्ब २८ करोड ५५ लाख पुगेको छ भने यस प्रदेशमा प्रवाहित कुल कर्जामा यसको हिस्सा २२.८२ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण