रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौँ । रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोध रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ भतेरी जंगलस्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी पश्चिम सुनवल नगरपालिका–८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण