अवसर नपाएकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउन कांग्रेस केन्द्रीय सदस्यहरूको जोड
_Un7Otsj8vZ.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले निकट भविष्यमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् ।
बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूले न्याय दिने हिसाबले मात्र उम्मेदवार बनाउनुपर्ने धारणा राखेका हुन् । त्यस्तै पार्टी संगठनमा देखिएको समस्या लगायतमा पनि नेताहरूले धारणा राखेका छन् ।
‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा कम्तीमा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई एउटै व्यक्तिलाई दोहोर्याउने र कसैले कहिल्यै अवसर नपाउने स्थिति नबनोस्, पार्टीले खोजेर भएपनि न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको वक्ताहरूको धारणा रहेको छ’, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा पाँच वटा विषयमा छलफल चलिरहेको नेता विश्वकर्माले जानकारी दिए । पहिलो दिन स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे बैठकमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा
-
इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
महानगर स्रोत व्यवस्थापन समितिको बैठक बोलाउने बालेनको तयारी
-
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा
-
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता