अवसर नपाएकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउन कांग्रेस केन्द्रीय सदस्यहरूको जोड
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले निकट भविष्यमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् ।
बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूले न्याय दिने हिसाबले मात्र उम्मेदवार बनाउनुपर्ने धारणा राखेका हुन् । त्यस्तै पार्टी संगठनमा देखिएको समस्या लगायतमा पनि नेताहरूले धारणा राखेका छन् ।
‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा कम्तीमा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई एउटै व्यक्तिलाई दोहोर्याउने र कसैले कहिल्यै अवसर नपाउने स्थिति नबनोस्, पार्टीले खोजेर भएपनि न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको वक्ताहरूको धारणा रहेको छ’, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा पाँच वटा विषयमा छलफल चलिरहेको नेता विश्वकर्माले जानकारी दिए । पहिलो दिन स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे बैठकमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण