आहारारा गोल्डकप माघ ९ गतेदेखि हुने
बिहीबार, १२ पुस २०८०, २१ : ३९
पोखरा । आहारारा गोल्डकपको २३ औं संस्करण आउँदो माघ ९ गतेदेखि हुने भएको छ । प्रतियोगिता २० गतेसम्म हुनेगरी अखिल नेपाल फुटबल संघबाट मिति तय भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगितामा विदेशी टिमसहित नेपालका ए डिभिजन क्लब सहभागी हुनेछन् । गत वर्षको प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद पुरस्कार पाएका थिए । यो वर्ष सकेसम्म पुरस्कार राशि थप्ने तयारी छ ।
प्रतियोगितामा १२ टिमको सहभागिता हुने क्लबका महासचिव रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका बालकहरुको शिक्षादीक्षामा प्रयोग हुनेछ ।
एकेडेमीमा अहिले चौथो ब्याच चलिरहेको छ । ८ जिल्लाका १४ जना बालकहरु आश्रित रहेका क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण