अधिकार माग्दै सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, तस्बिरहरू
हेटौँडा । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् । बिहीबारबाट सुरु भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको समेत छुट्टै बैठक बस्दैछ । बैठकले केन्द्र सरकारलाई तत्काल अधिकार दिन माग गर्ने बुझिएको छ ।
_M8WoWPHrgO.jpg)
संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि उनीहरुले संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न र अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए ।
कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा भेला गर्दै ६ महिनाभित्र अधिकार दिन माग गरेका थिए ।
_dP6Ob9Mxpw.jpg)
_7j5jrHU7Db.jpg)
_vgXRDFgTfC.jpg)
_paodBb8eUD.jpg)
_zgUD2gsTPd.jpg)
_Us9KJHAHxf.jpg)
_8iDtpdS4v3.jpg)
_JbTnrG7CV1.jpg)
_IjUzhldxuu.jpg)
_VjmudOc0y2.jpg)
_NS3K17k35e.jpg)
_EWgync03s5.jpg)
_zLW1M1RXFV.jpg)
_YIStSbSikI.jpg)
_OMf3vxMhwq.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण