शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रीको गाडी आगजनी प्रकरण

प्रदर्शन नियन्त्रणमा लिन बालकुमारीमा हवाई फायर, १० जना पक्राउ

शुक्रबार, १३ पुस २०८०, १३ : ५१
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले रातोपाटीलाई बताए ।

balkumar-pradrasa-arrest (1)

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । प्रदर्शनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा प्रहरी वृत सातदोबाटोका डिएसपी उमेश जोशी र जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल नेतृत्वको टिम परिचालन गरिएको छ ।

balkumar-pradrasa-arrest (2)

कोरियाली भाषा परिक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडी चक्रपथमा आगजनी गरेका हुन् । घटनास्थलमा काठमाडौँबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ । 

balkumar-pradrasa-arrest (3)balkumar-pradrasa-arrest (4)balkumar-pradrasa-arrest (5)balkumar-pradrasa-arrest (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप