प्रदर्शन नियन्त्रणमा लिन बालकुमारीमा हवाई फायर, १० जना पक्राउ
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले रातोपाटीलाई बताए ।
_2KRqPjvvJ0.jpg)
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । प्रदर्शनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा प्रहरी वृत सातदोबाटोका डिएसपी उमेश जोशी र जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल नेतृत्वको टिम परिचालन गरिएको छ ।
_M0Ndj979VZ.jpg)
कोरियाली भाषा परिक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडी चक्रपथमा आगजनी गरेका हुन् । घटनास्थलमा काठमाडौँबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
_ocr3FJoKmN.jpg)
_zI98Z67MM9.jpg)
_144MoDuTVC.jpg)
_2MdcyCQB7z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण