गणतन्त्रमाथिको हमलाविरुद्ध प्रतिवाद गर्न अग्रगमनकारीहरूलाई एकीकृत समाजवादीको आह्वान
_QhBYVxR7Bh.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुनर्उत्थानवादी शक्तिहरूले विभिन्न तरिकाले हमला गरिरहेको निष्कर्ष निकालेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले व्यवस्थामाथिको प्रहारको प्रतिवाद गर्न सबै अग्रगमनकारी राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणबाट हमला भइरहेको अवस्थाप्रति सचेत रहँदै यो बैठक सबै पुनर्उत्थानवादी विचार र क्रियाकलापको राजनीतिक तथा वैचारिक रूपमा प्रतिवाद गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै अग्रगमनकारी राजनीतिक शक्तिहरूबिच घनिभूत संवाद र सहकार्यको आवश्यकता रहेको छ’, खतिवडाले बैठकले पास गरेको समसामयिक प्रस्तावबारे जानकारी दिए ।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्षभित्र केही राम्रा काम गर्ने प्रयास गरिरहेको ठहर गर्दै अझ जनताका पक्षमा काम गर्न आग्रह गरेको छ । त्यस्तै टेरामक्स, एनसेलभित्रको भ्रष्टाचारबारे पनि सत्य तथ्य बाहिर ल्याउनुपर्ने बैठकले माग गरेको छ । त्यस्तै महँगी बढेको भन्दै महँगी कालाबजारी नियन्त्रण गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा