गणतन्त्रमाथिको हमलाविरुद्ध प्रतिवाद गर्न अग्रगमनकारीहरूलाई एकीकृत समाजवादीको आह्वान
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुनर्उत्थानवादी शक्तिहरूले विभिन्न तरिकाले हमला गरिरहेको निष्कर्ष निकालेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले व्यवस्थामाथिको प्रहारको प्रतिवाद गर्न सबै अग्रगमनकारी राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आज विभिन्न कोणबाट हमला भइरहेको अवस्थाप्रति सचेत रहँदै यो बैठक सबै पुनर्उत्थानवादी विचार र क्रियाकलापको राजनीतिक तथा वैचारिक रूपमा प्रतिवाद गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै अग्रगमनकारी राजनीतिक शक्तिहरूबिच घनिभूत संवाद र सहकार्यको आवश्यकता रहेको छ’, खतिवडाले बैठकले पास गरेको समसामयिक प्रस्तावबारे जानकारी दिए ।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्षभित्र केही राम्रा काम गर्ने प्रयास गरिरहेको ठहर गर्दै अझ जनताका पक्षमा काम गर्न आग्रह गरेको छ । त्यस्तै टेरामक्स, एनसेलभित्रको भ्रष्टाचारबारे पनि सत्य तथ्य बाहिर ल्याउनुपर्ने बैठकले माग गरेको छ । त्यस्तै महँगी बढेको भन्दै महँगी कालाबजारी नियन्त्रण गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण