महानगरमा बनाउनुपर्ने सांस्कृतिक सम्पदा दुई वर्षभित्र बनाइसक्छौँ : मेयर महर्जन
शुक्रबार, १३ पुस २०८०, १७ : ४२

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरुको निर्माण दुई वर्ष भित्रमा पूर्ण हुने बताएका छन् । शुक्रबार ललितपुर १९ को सद्भाव मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मेयर महर्जनले महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिबद्धता जनाए । उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताए । उनले महानगरको नीतिअन्तर्गत पोखरीहरु मास्न नदिने स्पष्ट पारे । उनले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पार्टी पौवा बनाइसकेको बताए ।
मेयर महर्जनले महानगरभित्रका कुनैपनि सार्वजनिक मास्न नदिने पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स