महानगरमा बनाउनुपर्ने सांस्कृतिक सम्पदा दुई वर्षभित्र बनाइसक्छौँ : मेयर महर्जन
शुक्रबार, १३ पुस २०८०, १७ : ४२
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरुको निर्माण दुई वर्ष भित्रमा पूर्ण हुने बताएका छन् । शुक्रबार ललितपुर १९ को सद्भाव मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मेयर महर्जनले महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिबद्धता जनाए । उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताए । उनले महानगरको नीतिअन्तर्गत पोखरीहरु मास्न नदिने स्पष्ट पारे । उनले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पार्टी पौवा बनाइसकेको बताए ।
मेयर महर्जनले महानगरभित्रका कुनैपनि सार्वजनिक मास्न नदिने पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण