धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद
शुक्रबार, १३ पुस २०८०, २२ : २३
गोदार । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए ।
जिल्लाअन्तर्गत बोर्डर हुँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको सरसामानसहित ओसारपोसारमा संलग्न आठ वटा मोटरसाइकल गरी २० लाखभन्दा बढीको सर–सामान बरामद गरेको निरीक्षक खरेलले बताए ।
बरामद गरेको सामान आज आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण