रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधित विधान २०८३ सार्वजनिक गरेको छ ।
- संशोधित विधान अनुसार केन्द्रीय परिषद् खारेज गरी केन्द्रीय समिति १५८ सदस्यीय बनाएको छ ।
- विधानमा ३३ प्रतिशत महिला र युवा सुनिश्चित गर्दै नेतृत्वको एकाधिकार तोड्न दुई कार्यकालको व्यवस्था गरिएको छ ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनले अनुमोदन गरेको (चौथो संशोधित विधान २०८३) सार्वजनिक गरेको छ । असार (७–१२) सम्म चितवनमा भएको महाधिवेशनले संशोधित विधान पारित गरेको हो ।
विधानको भाग ५ को धारा १८ मा पार्टीको साङ्गठनिक संरचनाको व्यवस्था गरेको छ । संशोधित विधान अनुसार केन्द्रीय परिषद् खारेज गरेको छ । केन्द्रीय समिति विस्तार गरी १५८ सदस्यीय बनाएको छ । केन्द्रीय तहमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति (सचिवालय समेत), केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय आयोग र केन्द्रीय विभागलाई यथावत् राखिएको छ । सोहीअनुसार प्रदेशको साङ्गठनिक संरचना यथावत् राखिएको छ । स्थानीय तह अन्तर्गत जिल्ला अधिवेशन, जिल्ला समिति, पालिका अधिवेशन, पालिका समिति, वडा अधिवेशन, वडा समिति, बुथ समिति र टोल समितिको व्यवस्था छ ।
विधानमा ३३ प्रतिशत महिला र युवालाई सुनिश्चित गरेको छ । परिवारवाद, नातावादलाई पूर्ण निषेध गरिएको छ । नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरलाई स्वाभाविक प्रक्रिया बनाउन दुई कार्यकाल निर्वाचित वा मनोनीत सुनिश्चित गरिएको छ । ‘एक व्यक्ति एक पद’ र बदमासी गरेमा पार्टीका कार्यकारी वा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गरिएको छ ।
संशोधित विधान (पूर्णपाठ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण