अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य पोखरा, तस्बिरहरू
- मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी
पोखरा । अङ्ग्रेजी नयाँ वर्ष आउन अब केही दिन मात्रै बाकी छ । काठमाडौँबाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको रोजाइ पोखरा नै हुने गर्छ ।
_hdTpD8zvO3.jpg)
नहोस् पनि किन आन्तरिक होस या बाह्य पर्यटक सबैको पहिलो रोजाइ मै पर्ने पर्यटकीय क्षेत्र पोखरा नयाँ वर्षको लागि तयार अवस्थामा छ । पोखरा लेक साइडका होटलहरु पनि सडक महोत्सवले भरिभराउ छन् ।
_ZyK7uGmjcz.jpg)
माछापुच्छ्रे, फेवाताल, धौलागिरि, अन्नपूर्ण तथा मनासलु हिमालका दृश्यले पाहुनालाई मन्त्रमुग्ध बनाउने गर्छन् । स्वच्छ, सफा र सुन्दर सहरले परिचित पोखरा पर्यटकको मुख्य गन्तव्य हो । अरू बेला विदेशी पर्यटकको व्यापक चहलपहल हुने पोखरा नेपाली नयाँ वर्षमा भने स्वदेशी पर्यटकले भरिभराउ हुन्छ । हरेक वर्षजस्तै यो नयाँ वर्षमा पनि पोखरामा थुप्रै कार्यक्रम आयोजना हुने भएका छन् । जसले आन्तरिकदेखि बाह्य पर्यटकलाई नयाँ वर्ष मनाउन पोखरा आउन आग्रह गरेका छन् ।
_7MviWrbWsZ.jpg)
तालै तालको सहर भनेर चिनिन्छ पोखरा। तर, धेरै रोजाइमा भने फेवाताल नै हो। फेवामा डुङ्गा सयर र ताल बाराही मन्दिर दर्शनका लागि पनि पर्यटकको पहिलो रोजाइमा पर्छ फेवा। पोखरा आउने पर्यटकको अर्को गन्तव्य हो पाताले छाँगो (डेभिस फल) र गुफाहरू। खोँचबाट पानी बगेको दृश्य हेर्न मन छ भने डेभिस फल र गुप्तेश्वर महादेव गुफा अर्को उत्कृष्ट गन्तव्य हो।
_xbv5JLSlwR.jpg)
शान्ति स्तुपा पनि पर्यटकको अर्को गन्तव्यमा पर्छ । शान्ति स्तुपाबाट केही माथि छ पुम्दिकोट। नयाँ गन्तव्य रहेको पुम्दिकोट डाँडाले छोटो समयमा पर्यटकलाई लोभ्याउन सफल भएको छ। यसको विशेषता भनेको डाँडामा रहेको शिव मूर्ति हो। ५१ फिट अग्लो मूर्ति हेर्न भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ यो गन्तव्य। यी गन्तव्य बाहेक रुपाकोट, काहुँडाँडा, टावर, भद्रकाली मन्दिर, विन्ध्यवासिनी मन्दिर तथा पोखरामा रहेका थुप्रै गुफाले नयाँ वर्षको समयलाई बिताउन सकिन्छ ।
_VDeggIuA5E.jpg)
_lQlKc5zWeq.jpg)
_9reQxq0lEV.jpg)
_tLSMEzRpaD.jpg)
_GjXGiOoLGy.jpg)
_AsbWvrgHnG.jpg)
_XpvAU8gHd3.jpg)
_L8Qm8lBnvO.jpg)
_iuNkp4e6dc.jpg)
_Kz23gUbf3U.jpg)
_g5i5QkZ5Ny.jpg)
_iPm6GyCy5v.jpg)
_AHJnfrbxfw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण