६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई, प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न अनुरोध
काठमाडौँ । ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार हेटौँडा भेला भएर अन्तर प्रदेश समन्वय बैठक मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गराउँदै सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न उनीहरुले प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । भेटमा हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो ।
मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन्। कार्यव्यतताका कारण मुख्यमन्त्री शाह काठमाडौँ नआएका हुन् ।
संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजवन नगर्दा काम काजमा समस्या भएको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्री प्रचण्डसँग रुष्ट रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण