प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमसँग गण्डकी पराजित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशसँग २४ रनले पराजित भएको छ । १ सय २८ रनको लक्ष्य पाएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि सुमन खतिवडाले नटआउट रहँदै ४८ बलमा ४९ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । ओपनर सिमाना केसी १९ रन बनाएर रिटायर्ड हर्ट भइन् भने सिर्जना पौडेल र ज्यात्सिनिका मारासिनीले १५–१५ रनको योगदान दिए । सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । टोलीका लागि सम्झना खड्काले सर्वाधिक २६ रन बनाइन् भने कप्तान रितुले २१ रनको योगदान दिइन् । रनआउट हुनअघि रेवती धामीले १८ तथा लक्ष्मी साउदले १६ रन बनाइन् ।
सुदूरपश्चिमले २० रन एक्सट्रा पाएको थियो । जुन रन खेलमा निर्णायक बन्यो । गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले २–२ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण