नेपाल सुपर लिग: व्यक्तिगत अवार्डमा पनि ललितपुरकै वर्चस्व, गोल्डन बल अनन्त तामाङलाई
शनिबार, १४ पुस २०८०, २१ : ०७
काठमाडौँ । नेपाल सुपर लिगको विजेता टोली ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । योसँगै उनले गोल्डन बल हात पारेका हुन् ।
१० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो ।

ललितपुरकै इमोह इजेकिएलले ६ गोल गर्दै गोल्डन बुट जिते । ललितपुरबाटै गोलकिपर जेफरी बाल्टुसले उत्कृष्ट गोलकिपर बन्दै गोल्डन ग्लोभ हात पारे । धनगढी एफसीका युवा खेलाडी रोहन कार्कीले इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि जिते ।
अनन्त तामाङले २ लाख रुपैयाँ पुरस्कार जित्दा अन्य विजेताहरुले १-१ लाख रुपैयाँ जितेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण