नयाँ वर्षको पूर्वसन्ध्यामा पुटिनद्वारा सेनाको प्रशंसा
मस्को । नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार आफ्नो सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाको प्रशंसा गरेका छन् । युक्रेन द्वन्द्वको स्पष्ट उल्लेख नगरी आफ्नो संक्षिप्त सम्बोधनमा उनले ‘एकता’ का लागि आह्वान गरे ।
गत वर्षको विपरीत पुटिनले क्रेमलिनको परम्परागत पृष्ठभूमि अगाडि सन् २०२४ लाई ‘परिवारको वर्ष’ का रूपमा वर्णन गरे । गत वर्षको सम्बोधनमा उनी वर्दीधारी सैनिकले घेरिएको देखिएका थिए ।
“हामी सबैभन्दा कठिन कार्यहरूको समाधान गर्न सक्षम छौँ र हामी कहिले पनि पछि हट्ने छैनौँ भनेर हामीले बारम्बार प्रमाणित गरेका छौँ किनकी हामीलाई अलग गर्ने त्यस्तो कुनै शक्ति छैन”, पुटिनले सरकारी टेलिभिजनमा प्रसारित सम्बोधनमा भने, “कर्तव्यपथ, सत्य र न्यायको लडाइँमा अग्रपङ्क्तिमा रहेका तपाईँहरू सबै हाम्रा नायक हुनुहुन्छ, हाम्रो हृदय तपाईंसँग छ, हामीलाई तपाईंप्रति गर्व छ, हामी तपाईंको साहसको प्रशंसा गर्छौं ।”
सोभियत नेता लियोनेद ब्रेझनेभले सुरु गर्नुभएको परम्परालाई निरन्तरता दिने टेलिभिजनमा नयाँ वर्षको पूर्वसन्ध्यामा दिइने सम्बोधन रुसमा बिदाको मुख्या हिस्सा हो र यसलाई लाखौँले घरमा हेर्ने गर्छन् । यो सम्बोधन रुसको ११ टाइमजोनहरूमध्ये प्रत्येकमा आधा रातभन्दा ठीक अघि प्रसारित गरिन्छ र सम्बोधन सामान्यतया गत वर्षको घटनाहरूसँगै आगामी वर्षको शुभकामनाहरूको सारांश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण