स्वप्न सुमनसँग झुम्यो चितवन
चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिभल तथा वृहत् सांस्कृतिक कार्यक्रममा आइतबार (हिजो) दर्शकहरू स्वप्न सुमनसँग झुमेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरूलाई मनोरञ्जन दिए । स्थानीय ब्यान्ड र कलाकारहरूको प्रस्तुतिसँग पनि दर्शकले भरपुर मनोरञ्जन लिए ।
आजदेखि नयाँ वर्ष २०२४ सुरु भएको छ । फुड फेस्टिभलमा गए राति १ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । आइतबार ३०० रुपैयाँको टिकट काटेरै हजारौँ दर्शक फुड फेस्टिभलमा पुगेको होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिए ।
‘दर्शकले क्याम्पाचौर भरिभराउ भएको थियो । हामीले गरेको अपेक्षा भन्दा धेरै नै दर्शक आउनुभयो’, उनले भने । फुड फेस्टिभलमा आज द स्याडोज ब्यान्डको टिम आउँदै छ । आयोजकले आज पनि ३०० रुपैयाँको टिकटको व्यवस्था गरेको छ । पुस १८ गतेसम्म हुने फुड फेस्टिभलमा भोलि र पर्सीका लागि भने टिकट राखिएको छैन ।
ब्यान्डहरूलाई पारिश्रमिक दिएर ल्याइएकाले दुई दिन टिकटको व्यवस्था गर्नुपरेको होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले बताए । फुड फेस्टिभलमा साना ठुला गरी ३९ वटा स्टलको व्यवस्था गरिएको छ । करिब पाँच करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिभलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण