बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी संगठनभित्र सरुवा, बढुवामा पैसाको चेलखेल शून्यमा झारियोः गृहमन्त्री

सोमबार, १६ पुस २०८०, १४ : ०५
सोमबार, १६ पुस २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन् । सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताए । गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले अवको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताए । 

उनले भने, ‘म त के दावा गर्छु भने राजनीतिक हस्तक्षेप करिवकरिव भन्छु म हन्ड्रेड पर्सेन्ट त कसरी भनुँ ? फेरि यो सरकार भनेको पनि म मात्रै होइन, गृहमन्त्री मात्रै होइन । तैपनि यति न्युनतम गरिएको छ कि पूरै प्रहरी संगठनलाई आफ्नो सिष्टम, मापदण्डअनुसार काम गर्ने वातावरण अहिले बनाइएको छ । र, अर्को कुरा चाहीँ म ग्यारेन्टी गर्छु–यो अहिले मात्रै होइन, ५० वर्षपछि छानविन गरेपनि त्यो पत्ता लाग्यो भने म जिम्मेवारी लिन्छु । त्यो के हो भने प्रमोशन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शुन्यमा झारिएको छ । गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले प्रमोशन गर्दा पैसा लियो, सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न अहिले तपाईले । यो ग्यारेन्टी गरिन्छ । त्यसकारणले हामीले राजनीतिक हस्तक्षेप होइन, त्यसबाट मुक्त गर्दै तत्काल काम गर्ने प्रक्रिया अघि बढाइएको छ । यो कुरा पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’

उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप