महासमिति बैठकबाट १५ औँ महाधिवेशनको मिति तोकिनुपर्छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महासमितिको बैठकबाट १५ औँ महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् । कांग्रेस यसरी अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन र पार्टीलाई पुरानै अवस्थामा पुर्याउन समयमै १५ औँ महाधिवेशन गरिनुपर्ने बताए ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौँमा आयोजना गरेको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड जनताले हेर्न चाहेको बताएका छन् । ‘अहिले प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहनुभएको छ । तर म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु’ कोइरालाले भने ।
ललिता निवास, भुटानी शरणार्थी सुन तस्करी काण्ड कहाँ पुगे भनेर नेता कोइरालाले प्रश्न गरे । ‘प्रधानमन्त्रीले यो कार्यकालमा के के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललिता निवासको मुद्दा कहाँ पुग्यो ? सुन काण्ड कहाँ पुग्यो ?,’ कोइरालाको प्रश्न छ ।
कोइरालाले सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मूल गर्न, रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । यस्तै अब कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगरिने नेता कोइरालाको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण