साउदीले अनिवार्य बायोमेट्रिक लागू गरिएपछि संघ आन्दोलित
काठमाडौँ । नेपालस्थित साउदी अरबको दूतावासले आजदेखि नेपाली श्रमिकहरूका लागि बायोमेट्रिक अनिवार्य गराएको छ । यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो ।
उक्त कार्यको विरोध गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ आन्दोलित बनेको छ । संघले साउदी दूतावासको भीएसएफ सेन्टरको कार्यालय घेराउ गरेको छ । थापाथलीस्थित भीएसएफको कार्यालय घेराउ गरेको हो ।
संघले भीएसएफ कार्यालय घेराउ गर्नुका साथै त्यहाँ भिसा लिन जाने म्यानपावर व्यवसायीलाई समेत रोक लगाएको छ । श्रमिकलाई आर्थिक पार्ने र भविष्यमा सिन्डिकेट हुने कार्य रोक्न विरोध गरिएको अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
व्यवसायी र श्रमिकको अहितमा हुने जुनसुकै प्रकारका नाममा खडा गरिने एकाधिकार मान्य नहुने उनको भनाइ छ । नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक साउदीमा विगत ३० वर्षदेखि नेपाली श्रमिकहरू सहज रूपमा जाँदै आएका छन् ।
तर, काठमाडौँस्थित साउदी अरब दूतावासले श्रमिकलाई आर्थिक भार पार्ने गरी बायोमेट्रिक लागू गरेको उनको भनाइ छ । आफूहरूसँग कुनै छलफलविनै कामदारलाई आर्थिक पार्ने उक्त प्रक्रियाको लागि लामो समय काठमाडौँ बसेर ठुलो खर्च गर्नुपर्ने र भविष्यमा एकाधिकार जन्माउनेको सुरुवातको रूपमा आफूहरूले बुझेको अध्यक्ष भण्डारीको भनाइ छ ।
दूतावासको कन्सुलेट अफिसले विभिन्न बहानामा व्यवसायीलाई दुःख दिने, सीमित कम्पनीलाई मात्रै आइडी कार्ड प्रदान गर्ने, बेला बेलामा आइडी कार्ड बन्द गरिदिने र समिति सङ्ख्यामा मात्रै भिसा पेस गर्न दिने जस्ता कार्य गर्दै आएको उनको भनाइ छ ।
उक्त विषयमा दूतावाससँग पटक पटक छलफल गर्दा पनि समस्याको समाधान नगरी उल्टै बायोमेट्रिक लागू गरेको अध्यक्ष भण्डारीको भनाइ छ । यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल समेत नगरेको संघको आरोप छ । स्वीकृतिविना खडा हुने भिसा सेन्टर लगायतका संस्थाहरू आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण