दम बढेपछि मोहन वैद्य अस्पताल भर्ना
सोमबार, १६ पुस २०८०, २१ : ०२
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताए ।
‘अहिले सुधार भइरहेको छ । तीन दिनअघि नै भर्ना हुनुभएको हो । अझै एक दुई दिन अस्पतालमै रहनु हुन्छ’, उनले भने ।
वैद्य नेतृत्वको पार्टीले पछिल्लो समय देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै संघर्षका कार्यक्रम गर्दै आएको छ ।
जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना भएको सो पार्टीले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण