धनगढीमा माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
मङ्गलबार, १७ पुस २०८०, २२ : १३
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो ।
विज्ञप्तिमा उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ को दफा ३० (१) र सोही ऐनको दफा ३० (२) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित पसलहरूलाई आग्रह गरिएको छ । सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण