सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

मङ्गलबार, १७ पुस २०८०, २२ : १३
मङ्गलबार, १७ पुस २०८०

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो ।

विज्ञप्तिमा उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ को दफा ३० (१) र सोही ऐनको दफा ३० (२) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित पसलहरूलाई आग्रह गरिएको छ । सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।  

ttttt 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप